newskoseli.Com

२८ दिनपछि खुल्यो क्याम्पसमा लगाएको ताला

दार्चुलाको लटिनाथमा रहेको लटिनाथ क्याम्पसमा गरिएको तालाबन्दी २८ दिनपछि अाइतबार खोलिएको छ । तालाबन्दी गर्ने पक्षले क्याम्पसमा लगाएको ताला खोलेको हो ।

क्याम्पसमा नियमानुसार साधारण सभा नबोलाएको, सञ्चालक समिति गठन नगरेको जस्ता कारण देखाएर असन्तुष्ट अभिभावकले गत भदौ १४ गते क्याम्पसमा तालाबन्दी गरेका थिए ।

लटिनाथ क्याम्पसको नियमावली २०६६ मा प्रत्येक ३ वर्षमा नयाँ सञ्चालक समिति गठन गर्नुपर्ने, प्रत्येक वर्ष साधारण सभा बोलाउनुपर्ने व्यवस्था गरिएको भए पनि त्यसो नगरेको असन्तुष्ट अभिभावकको आरोप छ ।

तालाखोलेसँगै असन्तुष्ट अभिभावकहरुले क्याम्पसमा भइरहेको बेथितिविरुद्ध कानुनी प्रक्रिया सुरु गरिसकेकाले तालाबन्दी खोलिएको स्थानीय अभिभावक दिनेश सिंहले जानकारी दिए ।

विद्यार्थीको पठनपाठनलाई ध्यानमा राखेर ताला खोलिएको र आफूहरुको आन्दोलन जारी रहेको विज्ञप्तिमा जनाइएको छ । यसअघि क्याम्पसमा गरिएको तालाबन्दी खोल्ने विषयमा दुबै पक्षबीच पटक-पटक छलफल भए पनि सहमति हुनसकेको थिएन । क्याम्पसमा गरिएको तालाबन्दी खुलेसँगै अब क्याम्पसमा पठनपाठन सुरु हुने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर