newskoseli.Com

साझालाई लिलामीबाट बचाउने प्रमको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिकरुपमा सङ्कटमा पुगेको साझा प्रकाशनको जग्गा लिलामी हुन नदिने वचन दिएकाे छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सो प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहितको प्रमण्डलसँग मङ्गलबारको भेटमा उनले सो आश्वासन दिएकाे हो । घाटामा गएको साझाले ऋण तिर्न नसकेपछि सहकारी विकास बोर्डले पुल्चोकस्थित सात रोपनी जग्गा लीलामीमा निकाल्ने तयारी गरेपछि प्रकाशनले प्रधानमन्त्रीलाई गुहारेको हो ।

प्रकाशनले कर्मचारीको दसैँ सुविधासहित पारिश्रमिक, उपदान, लेखकका लेखकस्व र विभिन्न व्यक्ति, निकाय र संस्थालाई ऋण तिर्न सरकारसँग रु ४० करोड सहुलियत ऋण माग्दै आएको छ । सरकारबाट सहयोग नपाएर जग्गा बिक्री गरेर ऋण तिर्ने प्रकाशनको योजना छ ।

विगत ६ वर्षदेखि रोयल्टी दिन नसक्दा स्रष्टाहरूको दसैँ खल्लो भएको र संस्थामा कार्यरत कर्मचारीलाई विगतको दसैँ खर्चसमेत उपलब्ध गराउन नसक्दा कर्मचारी र तिनमा आश्रित परिवारमा निराशा छाएकोमा प्रधानमन्त्री दाहालको प्रतिबद्धताले आफूहरुमा नयाँ उत्साह बढेको महाप्रबन्धक शर्माले बताए।

भेटमा उपस्थित नेकपा (माओवादी) का अध्यक्ष मोहन वैद्य, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवालीले पनि साझा बचाउन विशेष पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेकाे थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर