newskoseli.Com

मधेसी मोर्चाद्वारा संसद बैठक बहिस्कार

व्यवस्थापिका–संसदको स् शुक्रबारको बैठकमा समय माग गरी संयुक्त गठबन्धनका तर्फबाट सांसद अशोक राईले सरकारले आदोलनरत मधेसी मोर्चाले उठाएको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै बैठक बहिस्कार गरेको घोषणा गरे ।

नेपालको संविधान अन्तरिम संविधानभन्दा पनि विभेद्कारी रहेकाले जस्ताको तस्तै कार्यान्वयन नगरी पुनःलेखन हुनुपर्ने बताउँदै उनले विगतदेखिको माग पूरा गर्न दोस्रो चरणको आन्दोलन प्रारम्भ भइसकेको र यो आन्दोलन राष्ट्रव्यापी हुने पनि उल्लेख गरे ।

मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई सहिद घोषणा गरिनुपर्ने, बिरामीको उपचार गरिनुपर्ने, विगतका घटनाको छानबिन गरी झुटा मुद्दा फिर्ता हुनुपर्नेजस्ता मागप्रति सरकारले बेवास्ता गरेको र सार्थक वार्ता गरी निकास निकाल्न अनिच्छुक भएको उनको आरोप छ ।

सांसद राईले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको काम सन्तोषजनक नभएको र भ्रष्टाचार मौलाएको आरोप पनि लगाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर