newskoseli.Com

पुस्तकालयका लागि थप पुस्तक सहयोग

 बोहोरागाउँस्थित रत्नचुँडेश्वर उच्च माविको पुस्तकालयका लागि थप पुस्तक सहयोग प्राप्त भएको छ । ‘डेभलपमेन्ट फर पिस’ टेक्सासको सहयोगमा स्थानीय कर्णाली स्पोर्टस् क्लबले पुस्तकालयका लागि पुस्तक सहयोग गरेको हो ।

कथा, कविता, निबन्ध, उपन्यास, एकाङ्की, बाल शिक्षा, बाल कथा सङ्ग्रहलगायतका विभिन्न विधाका १ हजार १ सय ६५ पुस्तक प्रदान गरिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । “हामीले १ लाख १८ हजार रूपैयाँ बराबरका पुस्तक प्रदान गरेका छौं, जसबाट विद्यालयले सहयोगी संस्थालाई समेत धन्यवाद दिएको छ । ”– अध्यक्ष शाहीले भने ।

क्लवले घोडेमहादेव गाविसस्थित घोडेमहादेव माविलाई पनि पनि १ लाख ३० हजार रूपैयाँको शैक्षिक सामग्री प्रदान गरेको छ । सो माविमा पुस्तकालय स्थापना गर्ने र यहाँका बालबालिकालार्य समयमै किताब उपलब्ध गराउनका लागि सरोकारवाला निकायलाई घचघच्याउने र उद्देश्यले काम अघि बढाइएको क्लबले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर