विक्रमबाबाको दर्शन गरेर फर्कने क्रममा आज दिउँसो राप्ति नदीमा डुङ्गा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ बजे डुङ्गा डुङ्गा दुर्घटना हुँदा सोलुखुम्बुको लुक्ला स्थायी घर भई पश्चिम चितवनको कसरा बस्ने वर्ष ५ का देव श्रेष्ठको मृत्यु भएको हो ।
श्रेष्ठका १२ वर्षे दाजु केशव र चितवनको वीरेन्द्रनगर निवासी २४ वर्षीया आशा गुरुङको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । चालीस जना सवार डुङ्गा पल्टिएपछि उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले उद्वार गरेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जभित्र हरेक वर्ष चैते दसैँमा विक्रमबाबाको पूजाका लागि भक्तजन जाने गर्दछन् ।