newskoseli.Com

राष्ट्रसङ्घका नयाँ महासचिवलाई ओबामाको बधाई

संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट भएकामा उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिएका छन् । राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गरेका छन् ।

शान्ति स्थापना गर्ने उत्तरदायित्व, राष्ट्रसङ्घको पुनर्संरचना गरी प्रभावकारिता बढाउने लगायतका काममा सफलता मिलोस् भन्ने कामना पनि ओवामाले गरेका छन् । पोर्चुगलका पूर्वप्रधानमन्त्री समेत रहेका गुटेर्रेसलाई फोन गरेर ओवामाले बधाई दिएका हुन् ।

un_general-secretary2बधाई दिनेक्रममा राष्ट्रपति ओवामाले राष्ट्रसङ्घलाई आधुनिकिकरण र चुस्तदरुस्त बनाउन विषेश जोड सहित सुझाव दिएका छन् । वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा गुटेर्रेसले सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नेछन् ।

केही दिनअघि भएको राष्ट्रसङ्घको महासभामा सम्मिलित १ सय ९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उनी राष्ट्रसङ्घको महासचिवमा औपचारिक रुपमा छानिएका हुन् । गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधारकार्यमा उल्लेखनीय कार्य गरिसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर