newskoseli.Com

कार्कीविरूद्ध महाभियोग : माओवादीले कांग्रेससँग सहयोग माग्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा नेकपा (माओवादी केन्द्र) ले सत्ता साझेदार नेपाली कांग्रेससँग सहयोग माग्ने भएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बिहीबार बसेको कार्यालयको बैठकमा महाभियोगबारे कांग्रेससँग थप छलफल गरेर निर्णय लिने सहमति भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

माओवादी केन्द्रको बैठकले भारतको गोवामा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) र ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले जनाएको सहभागिता उपलब्धिमूलक भएको निष्कर्ष निकालेको समेत प्रवक्ता भुसालले बताइन् ।

उनले भनिन्– “आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनुभयो । चीन, भारत, भुटान, श्रीलङ्कालगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँगको आफ्नो भेट र छलफलबारे बैठकलाई जानकारी गराउनुभयो । ती भेट तथा छलफल निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ ।”

नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमुखबीच भएको त्रिपक्षीय आकस्मिक भेटवार्ता नेपालका लागि सुखद संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको समेत प्रवक्ता भुसालले जानकारी दिइन् । सो भेटवार्तामा त्रिदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दूरगामी महत्वको भएको बैठकले ठहर गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर