newskoseli.Com

निर्माण व्यवसायी सङ्घमा पुनः चन्द निर्वाचित

कञ्चनपुर निर्माण व्यवसायी सङ्घको २५औँ कार्यकारिणी समितिको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा गजेन्द्रबहादुर चन्द पुनःनिर्वाचित भएका छन्।

दोस्रोपटक निर्माण व्यवसायी सङ्घको नेतृत्व सम्हाल्ने अवसर पाउनुभएका चन्दले प्रतिस्पर्धी गजेन्द्र थापालाई १० मतले पराजित गरे ।

अध्यक्ष चन्दले १४२ मत प्राप्त गर्नुभएको थियो भने थापाले १३२ मत प्राप्त गरेकाथिए । त्यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा निरञ्जनप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन् ,उपाध्यक्षमा पुष्पराज अवस्थी र महासचिवमा लक्ष्मणदत्त लेखक निर्वाचित भएका हुन् ।

त्यसैगरी सङ्घको सचिवमा राजेन्द्रबहादुर चन्द , कोषाध्यक्षमा निर्मला भट्ट र सहकोषाध्यक्षमा महेश चन्द विजयी भएका छन्।

समितिको सदस्य पदमा अमरबहादुर मल्ल, योगेन्द्र ठकुराठी , हेम महरा , दीपेन्द्र पन्त , रवीन्द्र केसी , विष्णुबहादुर सिंह र गोरेसिंह ऐर निर्वाचित भएका छन्। रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर