newskoseli.Com

दक्षिण कोरियामा १० लाख बढी विदेशी कामदार

दक्षिण कोरियामा विदेशी कामदारको सङ्ख्या १० लाखभन्दा बढी पुगेको सरकारी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको छ । विभागका अनुसार मेसम्म दक्षिण कोरियामा बसोबास गरिरेहका १५ वर्ष माथिका १४ लाख २५ हजार विदेशी नागरिक छन् ।

दक्षिणी कोरियाली तथ्याङ्क विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलनामा ३.७ प्रतिशतले बढी रहेको छ । तीमध्ये आर्थिक क्रियाकलापमा सक्रिय भएका विदेशी सन् २०१६ को सुरुको ४ महिनामा १० लाख पुगेको र मेसम्ममा आएर १० लाख ५ हजार पुगेको बताइएको छ ।

आर्थिक क्रियाकलापमा सक्रिय रहेका ती विदेशी नागरिकमा करिब ६.६ प्रतिशत चिनियाँ र ७.४ प्रतिशत भियतनामीज रहेका दक्षिण कोरियाली तथ्याङ्क विभागले जनाएको छ । त्यहाँ रहेका विदेशीमा मे महिनासम्म ९ लाख ६२ हजारले रोजगारी प्राप्त गरेका छन् । सो सङ्ख्या गत वर्षको तुलनामा २.६ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

कामदारमध्ये १५ देखि २९ वर्षका २६.६ प्रतिशत र ४० वर्ष आसपासका झन्डै १९.५ प्रतिशत छन् । उद्योगहरुमा पनि ४५.४ प्रतिशत जागिर विदेशी कामदारले पाउने गरेका तथ्यांक विभागले जानकारी दिएको छ । होलसेल तथा खुद्रा पसल, रेस्टुरेन्ट र होटल तथा लजमा काम गर्नेको सङ्ख्या भने १९.७ प्रतिशत छ ।

विदेशी कामदारमध्ये आधाभन्दा बढीले औसतमा हिसाब गर्दा आफ्नो जागिरबाट मासिक झन्डै १० लाखदेखि २० लाखसम्म पारिश्रमिक पाउने गरेका छन् । तीमध्ये ३७.९ प्रतिशतले २० लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेका छन् । झन्डै ८.९ प्रतिशत विदेशी कामदारले मात्रै ३० लाखभन्दा बढी मासिक पारिश्रमिक पाउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर