newskoseli.Com

कपडा पसलमा आगलागी : लाखौंको क्षति

क्षिरेश्वरनाथ नगरपालिकास्थित एक कपडा पसलमा शुक्रबार राति आगलागी हुँदा ८० लाख रूपैयाँभन्दा बढी क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षिनपा– ५ मुख्य बजार महेन्द्रनगरस्थित सत्यनाम वस्त्रालयमा शुक्रबार राति ८ बजेदेखि भएको भीषण आगलागी स्थानीयवासी, नेपाल प्रहरी र नेपाल सेनाका जवान तथा जनकपुर उपमहानगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा करिब तीन घन्टाको प्रयासमा नियन्त्रण गरिएको थियो ।

पसलका सञ्चालक महोत्तरी, भङ्गहा– ४ प्रेमनगर निवासी रामउद्गार महतोका अनुसार आगलागीबाट करिब ८० लाख रूपैयाँ बराबरको विभिन्न किसिमका कपडा, साडी, सुट र करिब ६० हजार नगद जलेर क्षति भएको छ ।

डेढ वर्षअघि मात्र सञ्चालमा ल्याइएको सो वस्त्रालयले छोटो समयमा राम्रो बजार समात्न सफल भएको बताउँदै सञ्चालक महतोले तिहार र छठ पर्वलाई ध्यानमा राखी मालसमान गोदाममा राखिएको र पसलसँगै रहेको सो गोदाम समेतमा आगो लागेको हुँदा ठूलो क्षति भएको बताए ।

इप्रका महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण सिंहले घटनास्थलको प्रकृति मुचुल्का उठाई आगलागी कसरी भएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको बताए । पसल सञ्चालक महतोले बाहिरबाट कसैले आगो लगाइदिएको आशङ्का व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर