newskoseli.Com

सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३/७४को नीति तथा कार्यक्रम अाइतबार व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा वार्षिक नीति तथा कार्यक्रमलार्इ सदनमा पेस गर्ने कार्यतालिका रहेको छ ।  राष्ट्रपति भण्डारीले आज दिउँसो ४ बजे संसदमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

संसद सचिवालयले राष्ट्रपतिको स्वागत र सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । संसद भवनमा विशेष सजावट गरिएको छ । संविधान जारी भएपछि राष्ट्रपतिबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको याे पहिलो पटक हो ।

राष्ट्रपतिबाट पेसहुने नीति तथा कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुनेछ ।  छलफलपछि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेकाे छ ।

नीति तथा कार्यक्रममा सरकारले यसपटक आर्थिक बृद्धिलाई दश वर्षमा दोहोरो अंकमा पुर्‍याउने लक्ष्य लिएको छ । कृषि, उद्योग र पर्यटनलार्इ यसपटक प्राथमिकताकाे सूचीमा राखिएकाे छ ।

भूकम्पछिको पुनर्निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राथमिकतासहित नीति तथा कार्यक्रम आउने छ ।  संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने विषयलाई पनि नीति तथा कार्यक्रममा जोड दिइने भएकाे छ ।  सरकारले केही लाेकप्रिय कार्यक्रमसमेत नीति तथा कार्यक्रममा उल्लेख गर्ने तयारी गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर