newskoseli.Com

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

व्यापारिक प्रयोजनका लागि खाद्यान्न लिएर सुर्खेतबाट आउँदै गरेको भे१च ६३१० नंको ट्र्याक्टर मुगुको खमाले गाविस–५ खमालेमा दुर्घटना हुँदा आज दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत तरन्गा गाविस–८ का १६ वर्षीय ललित सारुमगर र मुगु गम्था गाविस–५ का ४० वर्षीय धनबहादुर डाँगर रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी लोकबहादुर जिसीले बताए ।

सूचना अधिकारी जिसीका अनुसार ट्र्याक्टर चालक फरार रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर