newskoseli.Com

‘माओवादी नेतृत्वको यो सरकार कुनै हालतमा ढल्दैन’

ऊर्जामन्त्री जनार्दन शर्माले महाअभियोगको प्रस्ताव माओवादी केन्द्रले नै अघि सारेको दावी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै हालतमा नढल्ने बताएका छन् ।

साेमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने– “अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संवैधानिक व्यवस्थाअनुसार विधिसम्मत प्रारम्भ भएको हो, यसको सत्तागठबन्धन वा सरकार ढल्ने कुरासँग कुनै सम्बन्ध छैन ।”

एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफलपछि यो प्रस्ताव ल्याइएको र यसबारे तीन नेताबीच निरन्तर छलफल भइरहेको जानकारी उनले दिए । लोकमानसिंह कार्कीले पदको दुरुपयोग गरी सबैलाई त्रसित बनाएको र समानान्तर सरकार सञ्चालन गर्न खोजेकाले महाअभियोग लगाउनुपरेको मन्त्री शर्माले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर