newskoseli.Com

महाअभियोगको क्रममा प्राविधिक त्रुटि : नेता थापा

नेकपा (माओवादी केन्द्र) का नेता मणि थापाले महाभियाेग प्रस्ताव ल्याउँदा केही प्राविधिक त्रुटि भएको स्वीकार्दै सो प्रस्ताव कसले ल्यायो भन्दा पनि प्रस्तावमा के छ भन्ने विषय महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली कांग्रेसका नेता दीपक खड्काले महाअभियोग प्रस्तावमा रहस्य लुकेको आशङ्का व्यक्त गर्दै महाअभियोग सिफारिस समितिको निर्णयपछि त्यसबारे पार्टीले धारणा सार्वजनिक गर्ने बताएका छन् ।

नेकपा (एमाले) का नेता शङ्कर पोखरेलले महाअभियोग प्रस्तावले दलहरुबीच नयाँ एकता कायम हुने विश्वास व्यक्त गर्दै त्यो एकताले देशमा निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्ने बताए । उनले भने– “सो प्रस्ताव पारित गराउन कांग्रेसले सहयोग गर्छ ।”

राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणाले अख्तियार प्रमुखका विरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव बारेमा पार्टी बैठकपछि निर्णय लिइने बताएका छन् । रिपोर्टर्स क्लबले बिहीबार आयोजना गरेको अन्तर्क्रियामा बाेल्दै राणाले सो विषय अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्नु आवश्यक नभएको बरु संविधान कार्यान्वयन गरी निर्धारित समयमा चुनाव सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

भूकम्पबाट प्रभावित जनतालाई राहत तथा भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माणमा लाग्नुपर्ने बेला दलहरु अन्य विषयमा अल्मलिनु नहुने राणाको भनाइ छ । महाअभियोग सिफारिस समितिमा सदस्य समेत रहेका राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीका अध्यक्ष विदेश भ्रमणबाट फर्केपछि बस्ने बैठकले प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्नेबारे निर्णय लिने जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर