newskoseli.Com

लोकमानबारे छिटो निर्णय लिन देउवालाई आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले बिहीबार अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावका विषयमा जतिसक्दो चाँडो औपचारिक निर्णय गर्न अपिल गरेको छ ।

“कार्कीको नियुक्तिको नै शान्ति समाजले विरोध गरेको र आपत्ति जनाएको स्मरण गराउँदै कार्कीविरुद्ध उभिने कुरामा औपचारिक निर्णय गर्न कांग्रेसले ढिलो गर्नु नहुने कुरामा प्रतिनिधिमण्डलले जोड दिएको छ”– भेटपछि शान्ति समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेटका क्रममा सभापति देउवाले कांग्रेस न्यायको पक्षमा उभिने कुरामा विश्वस्त रहन आग्रह गरेको समाजले जनाएको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी र कोषाध्यक्ष रेणुका पौडेल सम्मिलित उक्त प्रतिनिधिमण्डलले लागूऔषधको दुरुपयोग र लागूपदार्थ दुर्व्यसनविरुद्ध शान्ति समाजले सुरू गरेको अभियानबारे पनि सभापति देउवालाई जानकारी गरायो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर