newskoseli.Com

भारतीय राष्ट्रपतिको सवारीको ‘रिहर्सल’ !

u0ftGq ef/tsf /fi6«klt k|0fj d’vhL{sf] a’waf/b]lv x’g] tLg lbg] g]kfnsf] /fhsLo e|d0fsf] tof/Lsf l;nl;nfdf k”jf{Eof; ub}{ sf/u]8 . tl:a/ M /Tg >]i7, /f;; .

कात्तिक १७ देखि १९ सम्म हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका लागि मंगलबार सवारी आवागमनको पूर्वअभ्यास गरिएको छ । सवारी पूर्वअभ्यासका क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकल प्रयोग गरिए ।

नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पूर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो ।

राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दूतावास तथा लैनचौरमै रहेको र्याडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितलनिवासमा पूर्वअभ्यास सवारी चलाइएको थियो ।

पूर्वअभ्यास सवारी शितलनिवासबाट बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी सवारी पूर्वअभ्यास समापन भएको थियो ।

सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्धविच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्स लगायतको व्यवस्था गरिनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा सवारी आवागमनको पूर्वअभ्यास गरिएको जानकारी दिए ।

सवारी पूर्वअभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टीका लगाउन हिँडेका सर्वसाधारणले कठिनाई भोग्नुपरेको थियो । तिहारका कारण सडकमा कम सवारी गुडेकाले सर्वसाधारणले अन्य समयजस्तो लामो जाम भने भोग्नु परेन ।

भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडकमार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर