newskoseli.Com

शिक्षक राईको परिवारलाई ५ लाख

शिक्षक दीपक राई स्मृति सहयोग समितिद्वारा उनका २  छोरीको शिक्षादीक्षाका लागि सङ्कलित ५  लाख रुपैयाँ रकम प्रदान गरिएको छ ।राईले अध्यापन गरेको चम्पावती उच्च माविमा बिहीबार १  कार्यक्रमको आयोजना गरेर उनकी श्रीमती सुनिता राईलाई रकम प्रदान गरिएको हो । प्राप्त रकम शिक्षक राईका २  छोरीको नाममा बैंकमा खाता खोलेर राखिने जनाइएको छ । त्यसबाट आउने ब्याज उनीहरुको शिक्षादीक्षाका लागि खर्च गरिने सहयोग सङ्कलन समितिका सचिव राजेश चाम्लिङले बताए ।

सहयोग रकमको चेक हस्तान्तरण गर्दै सचिव चाम्लिङले दीपक १  असल शिक्षक मात्र नभई असल राजनीतिक विचारका संवाहक पनि भएको बताएका थिए । सङ्कलित रकमबारे उनले भने, “कक्षा १२ सम्म उनका नानीले अध्ययन गरिसकेपछि रकम स्वतः उनीहरुलाई हस्तान्तरण गरिनेछ ।”

सचिव चाम्लिङका अनुसार समितिले उनको परिवारले चाहेमा नानीहरुलाई काठमाडौँको निजी विद्यालयमा अध्ययन गराउने व्यवस्था पनि गरेको छ । परिवारको अभिभावक गुमाएपछि उनीहरुको शिक्षाले निरन्तरता पाउन कठिन भएको भन्दै काठमाडौँमा रहेका उनका सहयोगीले रकम सङ्कलन गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्गठन, खोटाङका अध्यक्ष जय आचार्यले दीपकको नाममा कम्तीमा १  लाख रुपैयाँको अक्षयकोष स्थापना गरी वार्षिकरुपमा १  मिहेनती शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था पनि गरिने बताए।

कार्यक्रममा विद्यालयका प्राचार्य खगेन्द्र राईले दीपक १  असल शिक्षक मात्र नभई सामाजिक कार्यकर्ता तथा राजनीतिक रुपमा पनि पार्टीको असल कार्यकर्ता भएको बताएका  थिए । गत साउन २८ गते सामान्य निमोनियाको उपचार हुन नसक्दा ३३ वर्षको उमेरमा ज्यान गुमाएका दीपकको श्रीमतीसँगै ५  र ७  वर्षका २  छोरी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर