newskoseli.Com

एकै घरका ४ जनाको मृत्यु, उरहरी गाउँ शोकमा

स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका एकै घरका दुई जनासहित ४ जनाको प्युठानमा मृत्यु भएपछि दाङको तुलसीपुर नगरपालीका १९ उरहरी गाउँ शोकमा डूबेको छ ।

मन्दिरको दर्शन गरेर फर्किने क्रममा भिंगृ –१ स्थित मुहानखोलाले बा १४ च ३८३९ नम्बरको स्कारपियो जिपलाई ठाडो (खहरे) खोलाले बगाउँदा ६५ वर्षिय सुकदेव खनाल उहाँकी छोरी १९ वर्षिय विमला खनाल र भाइकी छोरी १३ वर्षिय अस्मिता खनालको घटनास्थलमै ज्यान गएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रञ्जित सिङराठौरले जानकारी दिए।

६५ वर्षिय दुवा खनालको अस्पताल लैजाँदै गर्दा बाटोमै मत्यु भएको परिवारले जनाएको छ । घटनामा घाइते भएका ४ जनाको गम्भीर उपचारका लागि कोहलपुर लगिएको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर