newskoseli.Com

अाेली सरकारकाे लाेकप्रियतावादी कार्यक्रम : ‘एक घर, एक रोजगार’

राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा लोकप्रिय नारा सहितको कार्यक्रम घोषणा गरिएको छ । अाेली सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम घोषणा गरेको छ । नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरेको हो ।

सरकारले पहिलो चरणमा भूकम्प प्रभावित जिल्लामा यो कार्यक्रम लागू गर्नेछ । त्यसपछि अन्य जिल्लामा एक घर एक रोजगार कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ ।

एमाले नेतृत्वको सरकारले लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आत्तिएका बेलामा यो विशेष महत्वको कायर्क्रम घोषणा भएको छ ।

२०५१ सालमा भारतमोहन अधिकारी अर्थमन्त्री भएको बेलामा घोषणा भएको लोकप्रिय ‘आफ्नो गाउँ, आफैं बनाउँ’ कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले अाफ्नाे नीति तथा कार्यक्रममा  ‘एक घर, एक रोजगार’ कार्यक्रमको घाेषणा गरेकाे हाे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर