newskoseli.Com

पूरक बजेट ल्याएर प्रविधिमा लगानी बढाउँछु : प्रधानमन्त्री

k|d j}1flgs cGj]if0f uf]i7Ldf k|wfgdGqL k’iksdn bfxfn g]kfn /fli6«o j’l4hLlj ;ªu7gåf/f laxLaf/ sf7df8f}Fdf cfof]lht …g]kfndf j}1flgs cGj]if0fM ;Defjgf / r’gf}tLÚ ljifos Ps lbj;Lo uf]i7Lsf] pb3f6g ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा बिहीबार राजधानीमा आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानको क्षेत्रमा बजेटको व्यवस्था नगरिएको सन्दर्भमा आफूले पूरक बजेट ल्याएर भए पनि यस क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयन गर्दै देशलाई आर्थिक र सामाजिक विकासका साथै विज्ञान र प्रविधिको विकासतर्फ समेत मुलुकलाई उन्मुख गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री दाहालले बताए ।

नेपालमा हरेक क्षेत्रमा विकासका सम्भावना विद्यमान रहेको बताउँदै त्यसलाई उजिल्याउन असल राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने खाँचो दाहालले औंल्याए । उनले भने– “हामीसँग जनशक्ति नभएको होइन, नेपाल स्रोतसाधनले सम्पन्न छ बरू त्यसको सदुपयोग हुन नसकेको मात्र हो, अब आफ्नै स्रोतसाधनबाट स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्छ ।”

व्यवस्थापिका–संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले रोजगारीका लागि युवालाई विदेश पठाउनेभन्दा पनि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए । सङ्गठनका अध्यक्ष नरेश भण्डारीले विज्ञान र प्रविधिको विकासका लागि राज्य उदासीन देखिएको गुनासो गरे । एकदिने गोष्ठीमा विज्ञान र प्रविधिसम्बन्धी ३ वटा कार्यपत्रमाथि छलफल गरिनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर