newskoseli.Com

लोकमान नियुक्तिबारे मङ्सिर १६ देखि बहस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै सर्वोच्च अदालतले मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले बिहीबार कार्कीको नियुक्तिको विषयको मूल मुद्दासँग सुनुवाइका लागि पेसी चढाउने आदेश दिएको हो ।

कार्की निलम्बनमा परिसकेकाले उनले पाउनुपर्ने सुविधा खोस्न माग गर्दै अधिवक्ता ओमप्रकाश आर्यालले कात्तिक १२ गते निवेदन दर्ता गरेका थिए । यसैबीच कार्कीले आफ्ना वारेस अधिवक्ता तेजबहादुर कटवालमार्फत बिहीबारै मुद्दासम्बन्धी तारेख बुझेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर