newskoseli.Com

‘रिकुटे’ बजारमा

नेपाली प्रजातन्त्रको उषाकालका अविस्मरणीय व्यक्तित्व दिवानसिंहराईद्वारा लिखित उपन्यास ‘रिकुटे’को नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्तरूपमा बिहीबार राजधानीमा लोकार्पण गरे ।

भोजपुरमा जन्मिएका राईको यसअघि ‘निर्दोष हत्या’ उपन्यास प्रकाशीत भइसकेको छ । ‘दिवानसिंह राई विश्वेश्वरप्रसाद कोइरालासँग सुन्दरीजल जेलमासमेत परेका थिए । सन् १९३९देखि १९४५ सम्म चलेको विश्व युद्धमा लाहुरेका रूपमा लडेका राईले गोर्खा सैनिकका रूपमा महत्वपूर्ण भूमिका खेलेका थिए ।’

वक्ता शैलेन्द्र शाकारले दिवानसिंह राईको व्यक्तित्वमाथि प्रकाश पार्ने क्रममा भने– ‘२०१५ सालमा गृहराज्य मन्त्री भएका राईले जेलमा बस्दा अस्तित्ववाद बारे बिपीबाट प्रशस्त ज्ञान लिएका थिए । रिकुटेमा भोजपुरको चालचलन, लवज, त्यहाँको सांस्कृतिक चित्रण गरिएको छ । चितवनको रमाईलो घोडामा जग्गा वितरण गरिएको थियो । जग्गा वितरणमा त्यहाँका जनताले नमानेर देवनसिंहलाई पिटेर मारेको उल्लेख गर्दै त्यो हत्यारालाई अहिलेसम्म कारवाही नगर्नु राज्यको ठूलो कमजोरी हो । राज्य पक्षलाई अबदेखि त्यस्ता हत्याराहरू कोही पनि नछुटुन भन्दै खबरदारी गरे ।

sailendu

अर्का वक्ता समालोचक तथा कथाकार हरि अधिकारीले ‘रिकुटे’ उपन्यास ३ कुरामा सबल रहेको छ ।

१.  नेपालको पूर्वी भागको आञ्चलीकता तथा स्थानीय पात्रको प्रयोग

२.  कथानक, सहनसहन र सांस्कृतिकतालाई चित्रण गर्नु

३.  नेपाली जनजीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष पारेको दोस्रो विश्व युद्धमा भर्ति भएका अधिकांश गोर्खेहरूको जनजीवन र गाउँदेखि लाहुरसम्मको जनबोलीलाई प्रष्टरूपमा आएकोले यो उपन्यास सबल छ भन्ने जिकिर गरे ।

कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने– ‘नेपाली राजनीतिबाट जेल जीवनमा पुगेर लेखिएको ‘रिकुटे उपन्यासमा युद्धको वर्णनका साथै लाहुरेको जीवनी चित्रण गरिएको छ । रिकुटे उपन्यासमा  गाउँदेखि युद्धसम्मका कुराहरू सटिक ढंगले उठाइएको छ । यस उपन्यासले साहित्यमा ठूलो प्रभाव पार्न सक्ने सम्भावना छ ।’

यसैगरी पूर्व प्रधानमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर देउवाले भने– अहिलेसम्म विभिन्न क्षेत्रमा कति सहिद भए उनिहरूको नामावली प्रष्टरूपमा आउन नसकेको अवस्थामा देवानसिंह राईलाई चितवनको झोडामा अमानवीय तरिकाले हत्या गरियो । यस्तो कार्यको नेपाली कांग्रस तथा म घोर भत्सना गर्दछु । अब यस्ता मर्ने र मार्ने कार्यको अन्त्य हुनुपर्छ ।’ साथै देउवाले भने– ‘यो ऐतिहासिक पुस्तक नेपाली इतिहासको ठूलो सम्पत्ति हो । यस्तो ऐतिहासिक उपन्यास लेखेर हामीलाई उपहार छोडेर जानु भएकोमा देवानसिंह राईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

‘रिकुटे’ उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो । उक्त उपन्यासको सम्पादक कवि तथा समालोचक हरि अधिकारी हुन् ।  पुस्तकको आवरण तथा लेआउट  सन्तोष कुमार दाहालले गरेका हुन् । ‘रिकुटे’ उपन्यासको बजारमूल्य ३ सय ७३ रूपैयाँ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर