newskoseli.Com

दुर्घटनामा १ को मृत्यु ३ गम्भीर घाइते

चितवनको खैरहनीमा अाइतबार भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी १ महिलाको उपचारका क्रममा मृत्यु भएको छ आइतबार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा २  मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये मकवानपुर मनहरी–७ की ३० वर्षीय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छचितवनको खैरहनीमा पूर्वतर्फ जाँदै गरेको ना ३५ प १८५१ नम्बरको मोटरसाइकललाई ना ३२ प ६३३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

सो घटनामा १८५१ नम्बरको मोटरसाइकलको पछाडि बसेकी सागुनी पुलामीको ज्यान गएको प्रहरीले जनाएको छ उनका श्रीमान् ३८ वर्षीय दिलबहादुर पुलामी र अर्काे मोटरसाइकलका चालक चितवन खैरहनीका ५० वर्षीय भजना महतोको अहिले सोही कलेजमा उपचार भइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर