कम्मरमुन्तिरको भाग बलजफ्ती हल्लाउनुपर्छ । त्यसमाथिको शरीर भने सग्लै छ तर दुबै गोडा सुकेकाले शरीरको भार थेग्न सक्नुहुन्न हात टेकेरै हिँडडुल गर्नुपर्छ रेणुका विश्वासलाई । बोलीमा आवाज पनि निस्कन सक्दैन तर मानसिक क्षमता भने बेजोड छ उनको ।हाँसिरहने र हात जोडेर आदरभाउ जनाइरहने मोरङको पथरी शनिश्चरे– १२ को देउताटोल निवासी २४ वर्षीया विश्वासलाई सानैमा पोलियो भएको थियो ।
पोलियोका कारण दुबै खुटृा लुलो भएकाले उनले शारीरिक रुपमा कमजोर बने । बुबा गुलावचन्दले भने, “उनी बोल्न सक्दिनन तर इशारा गरेर गाउँभरिका अभिभावक र युवायुवतीलाई ध्यान सिकाउँछिन् । ध्यान र योगा गर्न थालेपछि रेणुकाको आफ्नै जीवन पनि रुपान्तरण भएको छ ।” त्यहाँ दैनिक साँझ र बिहान १/१घन्टा ध्यान गर्ने व्यवस्था मिलाइएको छ ।
‘भनिन्छ युवा पुस्ताले अध्यात्मतिर उतिसारो ध्यान दिँदैनन् । उनीहरु हाँसिमजाक, पढाइ र साथी सङ्गीसँगको रमाइलोमा दिन बिताउँछन् तर, शनिश्चरेकी ती अपाङ्ग युवतीले भने गाउँमा युबाहरुका लागि समेत ध्यान र योगाको गुरुमा बनिन् ।
सवलाङ्ग जस्तै उनले पनि आफ्नो काममा दक्षताको उदाहरण प्रस्तुत गएकि छिन् । रेणुकाले दैनिक ५० जना साधकलाई योगा र ध्यानको कक्षा लिइनछिन् । गुरु आशोबाट प्रभावित उहाँले गाउँका आमा, काकी, सानीआमा, बुबा, काका, भाइबहिनी र आफू र गाउँका करिब एकसय सर्वसाधारणलाई पनि ध्यानको गहिराइमा डुबाउन सफल भएकि छिन् ।
दैनिक ध्यान गर्न आउने स्थानीय शिक्षक त्रिलोक न्यापानेले भने ,“उनकै कारण गाउँमा ध्यानको माहोल बनेको छ । ध्यानमा सबै आर्कषित भएका छन् । समय निकालेर एक घन्टा म पनि आउँछु ।” ध्यान गर्न थालेपछि मानसिक तनावमा कमी आउनुका साथै जीवन सकारात्मक रुपमा बुझ्ने कला आफूले पनि बुझेको उनले बताइन् ।