newskoseli.Com

बन्द गरिएका १९ विद्यालय एकीकृत

जिल्ला शिक्षा कार्यालयले बन्द गरिएका १९ सामुदायिक विद्यालयलाई एकीकृत गरेको छ । विद्यार्थी सङ्ख्या १० भन्दा कमी भएका विद्यालयलाई नजिकको क्षेत्रमा पर्ने विद्यार्थी हिँडेर २० मिनेटमा पुग्न सक्ने विद्यालयमा एकीकृत गरिएको कार्यालयले जनाएको छ ।

जिल्लाका केही विद्यालयले विद्यालयको अभिलेखमा विद्यार्थी सङ्ख्या बढाएर राख्ने र अनुगमनमा गएका टोलीलाई आज विद्यार्थी कम आए भन्दै छलछाम गर्ने गरेको एक स्रोतबाट खुलेको भएको छ । “केही विद्यालयका शिक्षकले कागजमा विद्यार्थी सङ्ख्या बढाएर राख्छन् र विद्यार्थीको विद्यालयमा उपस्थिति न्यून हुँदा हुँदै पनि कार्यालयको आँखामा छारो हालेर जागिरमा टिक्दै आएका छन्” स्रोतले बतायो ।

बन्द गरिएका विद्यालयको चलअचल सम्पत्ति तथा अन्य कागजात गाभिएका विद्यालयमा रहने गरी व्यवस्था मिलाइएको सहायक जिशिअ सूर्यप्रसाद क्षेत्रीले बताए । विद्यालय एकीकृत गरिएपछि दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या अन्यत्रभन्दा बढी भएका विद्यालयमा शिक्षकलाई पठाइएको उनले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर