newskoseli.Com

सुरु भयो नौमती–पञ्चेबाजा महोत्सव

gf}dtL–k~r]afhf dxf]T;j /fli6«o gfr3/ hdndf a’waf/ cfof]lht sfo{qmddf bf];|f] /fli6«o gf}dtL–k~r]afhf dxf]T;jdf pk/fi6«klt gGbaxfb’/ k’gnufot cltlyx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बुधबारदेखि राष्ट्रिय नाचघर जमलमा दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव सुरु भएको छ । राजधानीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नगरा बजाएर महोत्सवको उद्घाटन गरे ।

नेपाल नौमती–पञ्चेबाजा प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले आयोजना गरेको दुईदिने महोत्सवको पहिलो दिन पञ्चेबाजाका विभिन्न राग र धुन प्रस्तुत गरिए । रामेछाप, धादिङ, ललितपुरलगायत करिब आठ जिल्लाका टोलीले मङ्गल/पल्टनिया धुन, बिहानचरी/बेहुली माग्ने धुन, अन्माउने धुन, चौतल धुन, नेवारी ख्याली/मालश्री रागलगायत नौमती तथा पञ्चेबाजाका प्रस्तुति दिए ।

कार्यक्रममा पञ्चम ब्यान्डको तर्फबाट सांस्कृतिक प्रस्तुति, दमाइँ नाच, हुड्के/छलियासहित विभिन्न कला प्रस्तुत गरिए । उपराष्ट्रपति पुनले नेपालीको मौलिक संस्कृतिमा आधारित नौमती र पञ्चेबाजाको संरक्षण गर्दै यसलाई समयअनुकूल आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने बताए ।

उपराष्ट्रपति पुनले भने– “वैदिककालभन्दा अघिदेखिको नौमती–पञ्चेबाजा संरक्षण र विस्तार आजको आवश्यकता हो । यसको जगेर्ना गर्न सके संस्कृति जोगिनुका साथै युवालाई पनि रोजगारी दिलाउन सकिनेछ ।”

नौमती–पञ्चेबाजा प्रतिष्ठानका अध्यक्ष विनोद पहाडीले संस्थालार्इ राजनीतिक र जातीय हिसाबले सबैको साझा बनाउने प्रयत्नमा लागेको बताउँदै नौमती–पञ्चेबाजा संरक्षणका लागि राज्यबाटै बजेट विनियोजन हुनुपर्ने धारणा राखे । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नौमती–पञ्चेबाजाको संरक्षणमा दमाइँ समुदाय मात्र नभएर सबै समुदाय हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर