newskoseli.Com

हिन्दू राष्ट्रको एजेन्डासहित राप्रपा एकीकरण : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेन्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताएका छन् ।

बुधबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको एजेन्डामा सहमति भइसकेको बताए । अब केही दिनमै दुई राप्रपाबीच एकीकरण हुने बताउँदै उनले नेपाललाई हिन्दू राष्ट्र बनाउने राजनीतिक एजेन्डामा दुवै दल सहमत भएको उल्लेख गरे ।

अध्यक्ष राणाले पार्टी एकीकरणसँगै पदीय बाँडफाँड समेत मिलिसकेको दाबी गर्दै भने– ‘पार्टी एकीकरणपछि म पार्टी निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी अध्यक्ष हुने गरी सहमति भएको छ ।’

अध्यक्ष राणाले सरकारले तत्कालै पुरानै संरचनाअनुरुप स्थानीय निकायको निर्वाचन गरेर मात्रै राज्यको पुनर्संरचनामा लाग्नुपर्ने बताउँदै हतारमा राज्य पुनर्संरचना गरे पछुताउनुपर्ने तर्क राखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर