newskoseli.Com

विशेषज्ञ टोलीद्वारा कीटजन्य रोगको अध्ययन सुरु

चितवनमा डेङ्गु तथा स्क्रब टाइफसको सङ्क्रमण बढिरहेका बेला यहाँ कीटजन्य रोगको अवस्था पत्ता लगाउन विज्ञद्वारा अध्ययन थालिएको छ ।

चितवनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने पटिहानीमा यसको अध्ययन (भेक्टर सर्भे) थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्लामा कीटजन्य रोग बढ्दो छ ।

“३ दिनदेखि यहाँ कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन भइरहेको छ, कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भने, हेटौंडाबाट समेत विशेषज्ञ टोली संलग्न छन् ।”

चितवनको पटिहानीमा गएको वैशाखमा डेङ्गु रोगका कारण १ जनाको ज्यान गएको थियो । सोही क्षेत्र आसपास तथा छितामाई क्षेत्रमा अध्ययन भइरहेको केसीले बताए ।

मुख्यगरी डेङ्गु, मलेरिया, जापनिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययन भइरहेको जनाइएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टर टोली परिचालन भएका छन् ।

उक्त तालिम केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालयले एकीकृत सर्भे सुरु गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिए । नेपालमा सबैभन्दा बढी स्क्रब टाइफस र डेङ्गु रोगको सङ्क्रमण चितवनमा छ । जिल्लामा अहिलेसम्म डेङ्गुबाट ६ सय २१ जना बिरामी भएका छन् । स्क्रब टाइफसबाट ४ सय ७१ जना बिरामी परेका छन् । मलेरियालगायत रोग समेत चितवनमा देखिँदै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर