newskoseli.Com

ट्रकको ठक्करबाट १ को मृत्यु

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभञ्ज्याङ–६ कालीखोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार दिउँसो मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना७ख १३४९ नंको ट्रकले मुग्लिनतर्फ जाँदै गरेको ना३०प ९३१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लम्जुङ जिल्ला तारन्घाट–६ बस्ने २७ वर्षीय श्यामबहादुर विक रहेको जिप्रका, चितवनले जनाएको छ । ट्रकको ठक्करबाट घाइते भएका विकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज, भरतपुरमा मृत्यु भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर