newskoseli.Com

ओली भन्छन्– संविधान संशोधन जनताको माग होइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा अघि सारिएको संविधान संशोधनको माग नेपालीको नभएको जिकिर गरेका छन् ।

एमाले पार्टी केन्द्रीय स्कुल विभागले प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका लागि दिएको पाँचदिने प्रशिक्षक प्रशिक्षणको बिहीबार राजधानीमा समापन गर्दै ओलीले संविधान कार्यान्वयन र निर्वाचनलार्इ ओझेल पार्न र नेपालीको समृद्धिको यात्रालाई रोक्न संशोधनको माग आएको दावी गरे ।

ओलीले भने– “पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट ? हामीले संविधान जारी गर्दा नै २ नम्बर प्रदेशमा एक प्रकारको सम्झौता भइसकेको छ । अब संशोधनको आवश्यकता छैन । नेपालीलाई अल्मल्याउन, एकपछि अर्काे गर्दै फसाउन सकिन्छ भनेर सोच्नु ठीक होइन ।” वैवाहिक नागरिकताका सम्बन्धमा खुकुलो प्रावधान रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संशोधन गर्ने हो भने त्यसैमा चाहिँ अझ कडाइ हुन सक्ने तर्क गर्दै देशलाई गम्भीर नोक्सान नहुने ठाउँमा मात्र आफ्नो दलले सहमति दिने जनाए ।

आफ्नो नेतृत्वको सरकारले समृद्धिका प्रयास थालनी गर्दा अनुचित हस्तक्षेप गरेर सत्तापरिवर्तन गरिएको गुनासो गर्दै उनले नेपाली जनताका मूर्छित सपनालाई ओइलाउन नदिने कामलाई जनताको बहुदलीय जनवादको जगमा जारी राखिने बताए । एमाले स्कुल विभागका उपप्रमुख शङ्कर पोखरेलले पार्टी पङ्क्तिमा प्रशिक्षण कार्यलाई थप विस्तार गरिने जानकारी दिए । चौतारीका अध्यक्ष गणेश बस्नेतले आफ्नो सङ्गठनले विचार र व्यावसायिकतालाई एकसाथ लाने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर