newskoseli.Com

सहकारीले गर्‍यो साहसिक सम्मान

भूकम्प गएको डेढ वर्षपछि त्यसबेलाका नाबालक भाइको ज्यान बचाउने एक साहसिक बालिका शनिबार सम्मानित भएकी छिन् ।

श्रीमहालक्ष्मी महानगरपालिका–४ लामाटार निवासी सात वर्षीया दीपशिाखा पाठक गत साल वैशाख १२ मा आएको भूकम्पले भत्काएको आफ्नै घरको चोटामा सुतिरहेका १ वर्षका भाइलाई झिकेर ल्याउन सफल भएकी थिइन् ।

भूकम्पले पहिलो झड्कामै घर भत्काएपछि आँगनमा खेलिरहेकी पाठकले जमिन काँपिरहे पनि सुतिरहेको भाइ झिकेर बारीमा ल्याएर सुरक्षित राखेकी थिइन् । घर बाहिर काममा गएका उनका हजुरबा र हजुरआमा घर आइपुग्दा धुलाम्मे अवस्थामा रहेकी ती बालिका भाइसँगै चर्केर पल्टिएको घरको अवस्था नियालेर बसेकी थिइन् ।

लामाटार कृषि बहुद्देश्यीय सहकारी संस्था लिको ११ औं वार्षिक साधारणसभाका अवसरमा ती बालिकाको साहसिक कार्यको कदरस्वरुप राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चम्पक पोख्रेलले सम्मानपत्रका साथ १ हजार रूपैयाँ पुरस्कार पनि प्रदान गरे । उनले भने– ‘‘तिम्रो साहस राष्ट्रका लागि काम लागोस् ।’’

साधारणसभामा ४ ज्येष्ठ सदस्यलाई सम्मान गरिनाका साथै संस्थागत तथा निजी विद्यालयबाट गत वर्षको प्रवेशिका परीक्षाममा उत्कृष्ट अङ्क ल्याउने १-१ छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको थियो । आव ०७३।०७४ का लागि ४३ लाख ९१ हजार ६६ रूपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरिएको सो सहकारीमा ७ सय ७१ सदस्य छन् । सहकारी हाल सेयर पुँजी  ५१लाख १० हजार ५ सय रूपेयाँ पुर्‍याउन सफल भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर