newskoseli.Com

दोब्बर शुल्क वृद्धिविरुद्ध विद्यार्थी आन्दोलित

जलजला बहुमुखी क्याम्पसमा गरिएको शुल्क वृद्धिविरुद्ध विद्यार्थीले क्याम्पस प्रशासन समक्ष मंगलबार चर्काे शुल्क वृद्धि फिर्ता हुनुपर्ने माग गरेका छन् ।

स्नातक तहमा अध्यनरत विद्यार्थीले बुझाएको ५ बुँदे ज्ञापनपत्रमा यथेष्ट पुस्तकसहितको पुस्तकालय व्यवस्था हुनुपर्ने, निर्माण व्यवसायीबाट क्याम्पस भवन हस्तान्तरण हुनुपर्ने लगायत माग रहेको विद्यार्थी विनोद डाँगीले बताए ।

क्याम्पसले विद्यार्थीको भर्ना शुल्क ३ हजार ६ सय रूपैयाँ बाट ७ हजार रूपैयाँ, प्रमाणपत्र शुल्क २ हजार रूपैयाँबाट ४ हजार रूपैयाँ र मासिक शुल्क ५ सय रूपैयाँबाट ७ सय रूपैयाँ पुर्‍याएको छ ।

ग्रामीण भेगबाट अध्ययन गर्न आउने विद्यार्थीलाई यसले ठूलो असर गर्ने नेपाल विद्यार्थी सङ्घ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले बताए । क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले आयस्रोत निकै कम भएकाले क्याम्पस सञ्चालक समितिले शुल्क वृद्धि गरेको हुँदा विद्यार्थीको मागबारे अविलम्ब समितिको बैठकबाट पुनर्विचार गरिने जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर