newskoseli.Com

गाविस कार्यालयमा तालाबन्दी, सेवाग्राही मारमा

 गाविस सचिव सरुवाको बिषयलाई लिएर विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्वले महोत्तरी जिल्लाको महदैया तपनपुर गाविस कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राही मारमा परेका छन् ।

तालाबन्दीका कारण जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नाता प्रमाणित र नागरिकता सिफारिस लगायत गाविसबाट प्रवाह हुने सार्वजनिक सेवा प्रभाबित हुँदा सेवाग्राही मारमा परेका हुन् ।

एमालेका विसुनदेव सहनी, कांग्रेसका मेथल विहारी यादव, तमलोपाका लक्ष्मण यादव र राप्रपाका हेमशङ्कर यादव लगायत स्थानीय नेतृत्वसहित सयौंँको सङ्ख्यामा आएका स्थानीयवासीले मङ्गलबार बिहान सो गाविस कार्यालयमा तालाबन्दी गरेका थिए ।

गाविस सचिव रामएकवाल यादवलाई सरुवा गरिएको र अर्का सचिव हाजिर हुन आइरहेको खबर पाएपछि उनीहरुले सो गाविस कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासीले बताएका छन् ।

सचिव रामएकवालको सरुवा रोक्न दबाब दिने उद्देश्यले गाविस कार्यालयमा तालाबन्दी गरेको राप्रपा नेपालका नेता हेमशङ्कर यादवले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर