newskoseli.Com

प्रकाश महाकाव्य विमोचन

सहरी विकासमन्त्री अर्जुननरसिँह केसीले नेपालको अहिलेको राजनीतिक परिस्थितिले देश पुन द्वन्द्वतिर जाने खतरा रहेको भन्दै फेरि मुलुक द्वन्द्वतिर गए संविधान निर्माण गर्ने प्रमुख शक्ति पराजित हुने खतरा आउने बताएका छन् ।

साहित्यकार एनडी प्रकाश चटौतको ८६ औं जन्मजयन्तीका अवसरमा साहित्यकार मणिराज जोशीले लेखेका प्रकाश महाकाव्यको विमोचन गर्दै केसीले भने–‘‘संविधानमा रहेका केही अपूर्णतालाई पूर्णता दिन मधेसी मोर्चालाई पनि सहमति गराएर संविधान संशोधन गर्नु र छोटो अवधिमा नै प्रादेशिक तहको निर्वाचन गरी संविधानलाई कार्यान्वयन गर्नुपर्छ ।’’

उनले ‘संविधान मेरो पनि हो’ भन्ने मान्यताको विकास गर्न यसलाई सर्वस्वीकार्य गराउन नै संविधानको संशोधन आवश्यक रहेको चर्चा गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले स्व एनडी प्रकाशले सामाजिक क्षेत्रमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका चर्चा गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एनडी प्रकाशले साहित्य र समाज सेवामा दिनुभएको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।

सांसद एनपी साउद तथा वरिष्ठ साहित्यकार आरडी प्रभास चटौटलगायतका वक्ताले समाजमा भएका धनी र गरिबको खाडल हटाउने कार्यमा सबै पक्षको ध्यान जानुपर्ने औंल्याए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर