newskoseli.Com

प्रहरी–माओवादी भिडन्तमा ६ को मृत्यु

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तिमा ६ सशस्त्र लडाकु मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार बिहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकुहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको प्रहरीकाे दावी छ । “घना जङ्गल भएको सो क्षेत्रमा विगत १५ वर्षदेखि विद्रोही समूह क्रियाशील रहेको छ,” प्रहरी निरीक्षक अनुप बर्थरायले भने ।

“प्रहरीको जवाफी कारबाही ४५ देखि ५० मिनेटसम्म चलेको थियो, हामीले माओवादीको आफ्नै कालो पोशकमा रहेका ६ जनाको शव नियन्त्रणमा लिएका छौं,” उनले टेलिफोनमार्फत जानकारी दिए । “हामीले ६ ओटा हतियार र झन्डै ५ सय राउन्ड गोलीका खोका नष्ट गरेका छौं” भनी उनले थप जानकारी दिए ।

विगत एक दशकदेखि नै भारतीय माओवादी विद्रोहीहरु सरकारविरुद्ध लड्दै आइरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर