newskoseli.Com

योग पूर्वीय सभ्यताको अभिन्न अङ्ग : राष्ट्रपति भण्डारी

In this photograph released by the Nepalese Ministry of Information and Communication Department of Information on March 20, 2016, Britain’s Prince Harry (L) and Nepalese President Bidhya Devi Bhandari pose for a photograph in Kathmandu. Britain’s Prince Harry is on a five-day visit to Nepal, as the country recovers from a devastating earthquake last year, to meet quake survivors and Gurkha soldiers. / AFP PHOTO / NEPAL DOI /

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छन् ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा बिहीबारदेखि सञ्चालित योगविज्ञान शिविर– २०७३ को बिहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानवशरीरमा चेतनाको विकास गर्ने बताइन् । योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने बताएकी हुन् ।

उनले यो देश ऋषिमुनिको तपोभूमि हो र वैदिक शास्त्रले पनि यसलाई मानेको छ भन्दै योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले योग शिविरले स्वस्थ र शान्त वीरगञ्ज देओस् भन्ने कामना पनि गरिन् ।

सोही अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध देशको नागरिक बन्ने हामी सबै नेपालीको चाहना भएकाले कसरी नेपाललाई समृद्ध देश बनाउने भन्नेतर्फ सोच्नु आजको आवश्यकता भएको बताए ।  सो अवसरमा भारतीय याेगगुरू रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति रह्याे ।

याेगगुरू रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान गरे । बिहान ५ः२३ बजे उदघाटन गरिएको र ५ हजारभन्दा बढी मानिसको सहभागिता रहेको शिविरमा रामदेवले योगाभ्यास गराए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर