newskoseli.Com

खुला अकासमुनि पढ्न बाध्य भए बालबालिकाहरू

महोत्तरीको बथनाहा गाविस–६ मा रहेको हनुमान विश्वनाथ जनता प्राथमिक विद्यालयका बालबालिका खुल्ला आकासमुनि पढ्न बाध्य छन् ।

जिल्लाकै बिकट एवम् सीमावर्ती क्षेत्रमा विसं २०१० मा स्थापित यस विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि अध्ययन गर्न बाध्य भएका हुन् । दलित मुसहर र मुस्लिम समुदायका २ सय २२ विद्यार्थी अध्ययनरत सो विद्यालयको अवस्था दयनीय हुँदासमेत जिल्ला शिक्षा कार्यालयको नजर पर्न सकेको छैन ।

जिल्लामा तीव्र गतिमा खुल्ला दिसामुक्त अभियान जारी रहेको समयमा सो विद्यालयमा चर्पी पनि जीर्ण छ भने प्राङ्गणमा रहेको खानेपानीको पम्पसमेत बिग्रिएको छ ।

पानी पर्दा र चिसो अत्यधिक रुपमा बढेर बस्न असहज रहेको अवस्थामा पनि आफूहरुले पढाइलाई निरन्तरता दिँदै आएको कक्षा ५ मा अध्ययनरत छात्र धनोजकुमार राउतको भनाइ छ ।

खानेपानीका लागि गाउँमा भौंतारिनुपर्छ भने चर्पी पुरानो भएका कारण दिसापिसाबका लागि समस्या भएको कक्षा ५ मा अध्ययनरत अर्की छात्रा आशा कुृमारीले बताईन । विद्यालयमा ४ शिक्षकको दरबन्दी रहेकामा २ जना मात्र कार्यरत छन् अन्य २ जना अन्यत्रै काजमा खटिएको प्रधानाध्यापक तीर्थनाथ झाले बताए ।

विद्यालयको २ वटा ब्लकमा पर्खाल मात्र छ तर छाना र ढोका छैन । अर्को एक ब्लकमा छाप्रो छ तर पर्खाल भने छैन । बाल विकासको एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने अर्को कोठालाई भण्डार कक्ष बनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर