
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा सांसद उमेशकुमार यादवले शुक्रबार सप्तरीको विषहरिया गाविस–९ स्थित दलित बस्तीका सयभन्दा बढी बालबालिकालाई सिलेट र पेन्सिल वितरण गर्दै शैक्षिक अभियान सुरु गरेका छन् ।
विद्यालय बाहिर रहेका दलित बालबालिकालाई शिक्षाको मूलधारमा ल्याई विद्यालय जाने वातावरण तयार गर्ने उद्देश्यका साथ दलित बस्तीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको पूर्व सिँचाइ मन्त्री समेत रहेका सांसद यादवले जानकारी दिए । ती बालबालिकालाई दिनको १ घण्टा पढाउन १ जना शिक्षकको समेत ब्यवस्था मिलाइएको जानकारी दिइयो ।
राजविराज नगरपालिकाको साथै आपसपासको बिभिन्न गाविसका दलित बस्तीमा समेत यो कार्यक्रमलाई निरन्तरता दिइने सांसद यादवले बताए ।