newskoseli.Com

क्याम्पस भवन शिलान्यास

बैरेनी–८ गल्छीमा निर्माण गर्न लागिएको नमुना वागेश्वरी बहुमुखी क्याम्पसको शनिबार शिलान्यास गरिएको छ ।

सांसद राजेन्द्रप्रसाद पाण्डे र गुरुप्रसाद बुर्लाकोटीले भवन शिलान्यास गरेका  हुन् । ५ करोड २१ लाख रपैयाँको लागतमा बनाइने भवनमा ११ कोठा तथा सुविधासम्पन्न सभाकक्ष, बगैंचा समेत रहने व्यवस्थापन समितका सदस्य सुवास खतिवडाले जानकारी दिए ।

विश्वविद्यालय अनुदान आयोगबाट २५ लाख रूपैयाँ प्राप्त भएको र बाँकी स्थानीय तथा अन्य सहयोगी दाता खोजेर निर्माण गर्न लागिएकाले सहयोग गर्नका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ नेपालले सबैलाई आग्रह गरे ।

बैरेनी गाविस, बैरेनीबजारस्थित वागेश्वरी माविमा सञ्चालन भइरहेको स्नातक तहको क्याम्पसलाई स्तर वृद्धि गरी स्नातकोत्तर तहसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्यका साथ नयाँ भवन निर्माण सुरु गरिएको हो । सो क्याम्पसको निर्माणले धादिङ र नुवाकोट जिल्लाका विद्यार्थी लाभान्वित हुने क्याम्पसले जनाएको छ । क्याम्पस अर्को वर्षभित्र निर्माण गरिसक्ने योजना छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर