newskoseli.Com

प्रज्ञा–प्रतिष्ठानमा पुस्तकालय भवन निर्माण

नेपाल प्रज्ञा–प्रतिष्ठानले पुराना र महत्वपूर्ण कृतिलाई संरक्षण गर्ने उद्देश्यले पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । करिब ३ वर्षको समयावधिमा प्रतिष्ठानको परिसरभित्र ३ तले भवन बनेको हो ।

भारतको सहयोगमा बनाइएको उक्त भवनको पहिलो तलामा अत्याधुनिक प्रेस राखिने र छपाइ गरिने छ । दोस्रो तलामा पुस्तकालय बनाइने छ जसमा प्राचीन महत्वका विविध पक्षसँग सम्बन्धित पुस्तक, विभिन्न लेखकका महत्वपूर्ण कृति तथा सर्वसाधारणले किन्न नसक्ने महँगा पुस्तक राखिने छ । अहिले प्रतिष्ठानसँग विभिन्न किसिमका करिब ४० हजार कृति तथा पुस्तक छन् ।तेस्रो तलामा सभाकक्षको व्यवस्था गरिएको छ ।

करिब ५ करोड रूपैयाँको लागतमा बनेको उक्त भवनमा निकट भविष्यमा इ–लाइब्रेरी समेत सञ्चालन गरिने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर