newskoseli.Com

डा. केसी अनसनको २०औं दिन डिन केपी सिंहले दिए राजीनामा

डा. गोविन्द केसीसँग विगतमा भएका सम्झौताविपरीत त्रिभुवन विश्वविद्यालयले वरिष्ठताको मापदण्ड मिचेर डिन नियुक्त गरेको आरोप लाग्दै आएका डा. केपी सिंहले डा. गोविन्द केसीको अनसनको २०औं दिनमा राजीनामा दिएका छन् ।

डा. केसीको जीवनभन्दा ठूलो आफ्नो पद नभएको भन्दै उनले राजीनामा दिएका हुन् । सिंहले शुक्रबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष राजीनामा बुझाएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

वरिष्ठताका आधारमा डा. जगदीश अग्रवालको नाम डिन नियुक्तिको सिफारिसमा पहिलो नम्बरमा थियो । त्रिविले उनको सट्टा दोस्रो नम्बरमा रहेका सिंहलाई डिन नियुक्त गरेको डा. गोविन्द केसीका समर्थकहरूले दावी गर्दै आएका छन् ।

यसअघि डिन नियुक्तिका सम्बन्धमा मापदण्ड बनाउन गठित रमेशकान्त अधिकारी संयोजकत्वको समितिले प्रतिवेदन बुझाउने र त्यही मापदण्डका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान ९आर्इओएम० मा नयाँ डिन नियुक्ति प्रक्रिया अघि बढाउने कुरा भएको थियो ।

नयाँ डिन नियुक्ति प्रक्रिया स्वीकार गर्दै केपी सिंहले राजीनामा दिई बाटो खुला गर्ने पनि भनिएको थियो । यी दुई बुँदामा छलफल गर्न बिहीबार वार्ता डाकिए पनि राति अबेरसम्म विषयप्रवेश नै हुन नसकी वार्ता अनिर्णीत नै टुंगिएको थियो।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर