newskoseli.Com

युवाहरुलाई नैतिक रुपमा सबल बनाउँन कार्प नेपालकाे जाेड

कार्प नेपाल  (W-CARP Nepal )ले युवाहरुलाई नैतिक रुपमा बलियो बनाउनका लागि २१ दिने तालिम सम्पन्न गरेको छ । जोरपाटिमा रहेको आफ्नो राष्ट्रिय तालिम केन्द्रमा सोमबार २१दिने तालिमको १४०औँ  समुहकाे तालिम समापन गरिएको हो । संस्थाका अध्यक्ष रुपसिह भण्डारिले कार्यक्रम समापन गर्दै आजको आवश्यक्ता नैतिक रुपमा प्रशिक्षित युवाहरु भएको बताए ।

समारोहमा युपिएफ नेपालका महासचिव विनोद डाँगी, सांसद मिलन राजवंसी,राष्ट्रिय प्रशिक्षक काशिनाथ खनाल तथा अन्तराष्ट्रिय तोङ ईल मो डो ९मार्सल आर्ट० प्रशिक्षक मास्टर अडोनिश आरसिलास अतिथिका रुपमा सहभागि भए ।

संस्थाका अध्यक्ष रुपसिह भण्डारिले , ‘ युवा तथा विद्यार्थीको मुल्य मान्यता र उत्तरदायित्वलाई उजागर गर्दै विश्वमा शान्तिका खातिरसम्पूर्ण युवाहरुलाई आफ्नो संस्कृति, जाति, धर्म, राजनितीर राष्ट्रियताभन्दा माथि उठेर विश्वमानवताको लागि आफ्नो महत्वपूर्ण जीवन उच्च उद्ध्यसको लागि समर्पण गराउने भावना उजागर गर्ने कार्यक्रम गर्छौ ।

प्रशिक्षणमा अरुको लागि बाँच्ने सिद्धान्तमा आधारित सेवा, त्याग, र समर्पण सहितको साँचो प्रेममा आधारित जीवनशैली विस्तार गर्ने, पवित्रतामा आधारित साँचो प्रेमको शिक्षा, आदर्श विवाह, आदर्श परिवार र अन्तर्जातीय र अन्तराष्ट्रिय मेलमिलाप मार्फत विश्वशान्तिको लक्ष्य प्राप्त गर्न संस्थाले युवाहरुलाई विभिन्न समाजिक सेवा मुलक कार्यक्रममा क्रियासिल गराउने गरिन्छ ।

कार्प नेपालले याे समुहमा ४० जाना युवा युवतिलाइ प्रशिक्षण दिएकाे थियाे ।  कार्प नेपालले प्रत्येक महिना युवाहरुलाई नेतृत्व सम्बन्धि ४० दिने, २१ दिने, लगायत ५ दिने, ३ दिने, १ दिने तालिम र अन्य क्रियाकलापहरु संचालन गर्ने गरेको छ। हालसम्म कार्प नेपालले २१दिने १४०वटा ब्याचलाई तालिम दिइसकेको र नेपाल भरि  संस्थाका ३० अाेटा साखाहरू रहेकाे अधयक्ष भण्डारीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर