newskoseli.Com

कसरी निधन भयो हास्यकलाकार ‘लाजालाम’ अर्थात् आरपी भट्टराईको ?

‘लाजालाम’ नामबाट चर्चित कलाकार आरपी भट्टराईको निधन भएको छ। चर्चित हास्य टिभी श्रृखंलामा ‘राजालाम मेरो नाम’ संवादबाट चर्चित भट्टराई सुतिरहेको अवस्थामा बिहान मृत भेटिएका हुन् ।

विराटनगरमास्थित फूपूकाे घरमा बिहीबार बिहान डिनरका लागि पुगेका आरपी बिहान मृत भेटिएको कलाकार एवम् निर्देशक दीपाश्रीले जानकारी दिइन् । ‘विराटनगर फूपूको घरमा बेलुका खानपिन गरेर सुत्नुभएको रहेछ। बिहान फूपूले ढिलाेसम्म किन उठेन भनेर हेर्न जाँदा उहाँले मृत भेट्टाउनु भएछ’ दीपाले भनिन्।

भट्टराई चार दिनअघि त्यता गएका थिए । ‘तीतो सत्य’ का अलावा भट्टराईले केही फिल्म तथा स्टेज कार्यक्रममा समेत काम गरेका छन् । उनले हास्यव्यङ्ग्य एल्बम समेत निकालेका छन्। ४२ वर्षका आरपी उच्च रक्तचाप एवम मधुमेहजस्ता राेगबाट पीडित थिए । उनका श्रीमती र २ छोरा छन् ।

को हुन् आरपी ?

मोरङको विराटनगर उपमहानगरपालिकामा जन्मिएका रूप्रसाद भट्टराईले २०४३ सालदेखि अभिनय थालेका हुन् । राष्ट्रिय नाघरमा जमलमा नाट्यकलाकारका रुपमा उनी अहिले पनि कार्यरत थिए । चार दर्जनभन्दा बढी टेलिसिरियल र आधा दर्जनबढी चलचित्रमा अभिनय गरेका उनी थुप्रै स्टेज कार्यक्रममा पनि देखिएका छन् । उनले ‘गाइजात्रा’ मा पनि आफ्नो प्रस्तुति राख्दै आएका थिए । उनी गायक तथा चलचित्रका प्रोडक्सन कन्ट्रोलर पनि हुन् ।

उनले ‘तितो सत्य’, ‘मेरी बास्सै’,‘५२ घुस्सा ५३ ठक्कर’ लगायतको टेलिचलचित्रमा अभिनय गरेका छन् । उनले हास्यश्रृखला ‘तितोसत्य’ मा बोल्ने थेगो ‘लाजालाम मेरो नाम, इन्जिनियर मेरो काम’ चर्चित थियो ।

उनले ‘वडा नं ६’, ‘छक्का पन्जा’ लगायत करिब आधा दर्जन चलचित्रमा समेत अभिनय गरे । उनको पछिल्लो चलचित्र ‘छक्का पन्जा’ अहिले प्रदर्शन भइरहेको छ । आफ्नो एल्बमको गीतबाट बनेका म्युजिक भिडियोमा समेत उनको अभिनय रहेको थियो ।

आरपीका चार एल्बम बजारमा आएका छन् । केही पहिले मात्र एक एल्बम बजारमा ल्याएका उनको भैरव अर्यालको शब्दमा ‘जयभुँडी’ एल्बम निकै हिट मानिन्छ । एल्बम ‘जयभुँडी’ मा उनले हाँडीघोप्टे भुँडी, घ्याम्पे भुँडी, टाकनटुकन भुँडी र ठन्डाराम भुँडी प्रस्तुत गरेका थिए । यसबाहेक उनको ‘या या थुइक्क’, ‘मालीगाईको घ्यु गुलियो राम्रो’ लगायतका कृति समेत सार्वजनिक छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर