newskoseli.Com

राजधानीमा ५ दिने ‘रुपान्तरित अलौकिक सिद्धान्त सेमिनार’ सम्पन्न

विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ-नेपालकाे  आयोजनामा ५ दिने “रुपान्तरित अलौकिक सिद्धान्त सेमिनार” आज काठमाडौंमा सम्पन्न भएको छ । सेमिनारमा संघका राष्ट्रिय प्रशिक्षकहरू श्री काशिनाथ खनाल, प्रकाश बावु थापा, बिनाेद डांगि, रूपसिंह भन्डारी,केशव श्रेष्ठ लगाएतले यूवाहरुलाई पाँच दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिएका थिए ।

यस अभियानले युुवाहरुलाई युगले सुम्पेको युगीन दायित्व पूरा गर्नका लागि शसक्तीकरण गर्न र उनीहरुमा आइरहेको नैतिक एवं वैचारिक विचलनमा सुधार ल्याउने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवम् सेवामूलक विविध कार्यक्रमहरु– सेमिनार, गोष्ठी देशव्यापी रुपमा संचालन गर्दै आईरहेको छ ।

img_9466कार्यक्रममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषय वस्तुमा आधारित भएर प्रशिक्षण दिइएको थियो । चरित्रवान् व्यक्ति नै असल परिवार,समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा भएकाले व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव छ, यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले कार्यक्रम गरिएको जानकारी दिइयो ।

उचित ज्ञान र शिक्षाको अभावमा अपराध र विकृति बढ्ने कुरातिर जोड दिँदै कार्यक्रम संयोजक केशव श्रेष्ठले त्यस्ता कुराहरुलाई रोक्नु मात्र होइन युगलाई अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता हो, त्यसको जिम्मेवारी हामीले बोध गरेर यो कार्यक्रम संचालन गरेको कुरा बताउनुभयो । पाँचदिन सम्म चलेको कार्यक्रममा बिभिन्न कलेजका ११० जना युवायुवतीहरुले सक्रिय सहभागिता जनाई तालिम पूर्ण गरेका थिए ।

अन्त्यमा उनीहरुलाई उपस्थितिको प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिममा सहभागि भएका सहभागिहरुले तालिमबाट आफूहरुले सोच्दै नसोचेको जीवनोपयोगी ज्ञान सिकेको सहभागी निरा भन्डारीले बताइन् ।

img_9503समापन समारोहमा प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री एवं व्यवथापिका सांसद मा. शिवलाल थापाले समारोहमा बोल्दै, तालिममा सिकेका उपयोगी ज्ञान र सिद्धान्तलाई आजैदेखि आफ्नो व्यवहारमा लागू  गरी आफू परिवर्तन भएको आभाष अरुलाई दिन सक्नुपर्ने र देशमा भइरहेकाे अशान्तिलार्इ हटाएर देशमा शान्ति स्थापना गर्न अाग्रह गरे ।

समापन समाराेहमा व्यवथापिका सांसद मा. मिलन राजवंशी, विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका उपाध्यक्ष  बिनाेद डाँगी लगायतले सहभागीलार्इ बधार्इ दिएका  थिए।

हृदयको शिक्षा र नीतिगत शिक्षा छैन, खाली प्राविधिक शिक्षामा मात्र जोड छ । जसले धरातल बिनाको महल खडा गरिदिएको छ । हाम्रो प्रयाश त्यसमा सुधार ल्याउने हो ।” कार्यक्रम समापन सभापती प्रकाश बावु थापाले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर