newskoseli.Com

वैद्यले बाेलाए केन्द्रीय समितिकाे बैठक

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष माेहन वैद्यले जेठ २ गते बस्नेगरी पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् । महासचिव रामबहादुर थापाले मंगलबारका लागि बाेलाएकाे बैठकलार्इ ‘अवैधानिक’ भएकाे दावी गर्दै वैद्यले १ गते सम्पर्क र २ गते केन्द्रीय समितिकाे बैठक बस्ने भन्दै केन्द्रीय नेताहरूलार्इ सूचित गरेका हुन् ।
महासचिव थापाले एकीकृत नेकपा (माअाेवादी) सँग विनाशर्त तत्कालै पार्टी एकता गर्नुपर्ने अडान लिएपछि क्रान्तिकारी माअाेवादीमा त्यसरी तुरून्तै एकता गर्ने र नगर्ने पक्षका छुट्टै बैठक बस्न थालेका हुन् । महासचिव थापा छिट्टै एकीकरण गर्ने पक्षमा छन् भने वैद्य एकीकृत माअाेवादीसँग सैद्धान्तिक कुरा नमिलेसम्म पार्टी एकीकरण गर्ने पक्षमा छैनन् ।
यद्यपि ९० प्रतिशत कार्यकर्ता र केन्द्रीय सदस्य पार्टी एकताकाे पक्षमा रहेकाे र त्यसकाे प्रतिनिधित्व अाफूले गरिरहेकाे दावी महासचिव थापाकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर