newskoseli.Com

निर्वाचनको मिति घोषणा गर्नुपर्ने : माओवादी

नेकपा (माओवादी)केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बुधवार बसेको बैठकले निर्वाचन र संविधान संशोधनको विषयमा राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय गरेको छ ।

सहमति नभएको अवस्थामा संसदीय प्रक्रियाका माध्यमद्वारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय लिने सहमति भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बैठकमा संविधान संशोधन, स्थानीय निर्वाचन, अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलगायतका विषयमा छलफल भएको प्रवक्ता भुसालले बताइन्।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे नेतालाई जानकारी गराएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर