newskoseli.Com

धार्मिक र जातीय अतिवाद फैलाउने दुस्प्रयास

नेपाली राजनीतिमा विकसित पछिल्लो चीनसँग समधुर सम्बन्धले भारतीय बिस्तारबाद तथा बिस्तारवादको नेपाली दक्षिणपन्थि दलाल राजनीतिक दलहरू, युरोपियन युनिनियनको माहिर दलाल संस्थाहरू , हिन्दु अतिवादी धार्मिक कट्टरपन्थीहरू , देशद्रोही भारतीय बिश्वासिला दलालहरूको मूटुमा यतिखेर ढ्याङ्ग्रो ठोकेको छ ।

भारतीय बिस्तावाद यतिखेर चिनसँग समनिकटताले रूवाबास चलेको छ । नेपाली राजनीतिमा इतिहासमा पहिलो पटक भारतीय प्रभूत्वलाई निरूत्साहित गर्दै नेपालको भारतीय एकद्वार नीतिलाई उल्ट्याएको छ ।

त्यसैले यतिखेर भारतीय बिस्तारबाद नेपाली राजनीतिको माहिर दलालहरूलाई सदुपयोग गर्दै नेपाललाई असफल राष्ट्र बनाउन खोज्दैछ । आन्दोलनको नाममा फेरी पनि सिके रावत जस्ता देशद्रोही आताङ्कारीलाई गृहयुद्धको लागि चक्र ब्यूह रच्न उक्साउँदैछ । फेरी पनि महन्त ठाकुर ,राजेन्द्र महत्तो ,उपेन्द्र यादव जस्ता भारतीय दलालहरूको प्रयोग गर्दै नेपाली जातीय एकता भित्र सदभावलाई खलबलाउँदै छ ।

दक्षिपन्थि शक्तिहरू भारतीय बिस्तारबादको बिश्वासिलो गुलामी बनेर फेरी पनि देशलाई असफल बनाउने योजना बुन्दैछ । देशले चीन सँगको पारबहन सहिदको महत्वपूर्ण संझौताहरू पश्चात देश भारतीय दासत्वबाट मूक्त भएको छ । धर्मको नाममा हिन्दुवादी अतिवादी शक्तिहरू प्रपञ्च रचेर धार्मिक सदभाव भड्काउँदैछ ।

देशको महत्वपूर्ण धार्मिक स्थाल पशुपतिनाथको मन्दिरको नाममा चढाएका अरबौं बजेट भारतीय बिस्तारबाद प्रभूत्वले कब्जा जमाएको छ । अब हामी तमाम नेपालीले प्रश्न गर्ने बेला आएको छ ।

के नेपालमा पशुपतिनाथको मन्दिर पुजा गर्न सक्ने पुजारी छैन ? अब नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्नेलाई प्रश्न – मन्दिर नेपाली पुजारी किन भारतीय ? नेपाल हिन्दुको राज्य भन्नेले नेपाली पशुपतिनाथको पुजारी नेपाली राख्न नसक्नु कारण के हो ? के पशुपति मन्दिर भारतले हिन्दुलाई दिएको बिर्ता हो ? बाघको खोरमा भारतीय ब्वाँसोको रजाइँ किन ? हाम्रो देशको धार्मिक स्थाल माथि भारतीय दादागिरी किन ? अरबौ भेटी लुटेर करोडको सहयोग गर्ने महाभारतीय सकुनी पात्रको भारतीय प्रबृत्ति बिरूद्धको अब नेपाली राजनीतिले सच्याउनु जरूरी छ । भारतीय पुजारीलाई दिएको अरबौ भेटी देशको राष्ट्रिय कोषमा जम्मा गर्नु आवश्यक छ ।

भारतीय पुजारी तत्काल निलम्बन गरी नेपाली पुजारी नियुक्ति गर्नु आबश्यक छ ।भारतसँग गरिएका सबै प्रकारको असमान सन्धि खारेज गर्नु जरूरी छ ।

युरोपियन मूलूकहरू धार्मिक अतिवादलाई फैलाउन खोजिरहेका छन् । जातीय अतिवादलाई फैलाएर जातीय दंग फैलाउन खोजिरहेका छन ।आदिबासी जनजातिको नाममा राजनीति गर्नेलाई प्रश्न – तपाइले आदिवासी जनजातिको नाममा लिएर कति ओटा बङ्गला बनाउन भ्याउनुभयो ? हैन भने गरिब आदिबासीको नाममा ब्रह्मलुट गर्ने अधिकार कसले दियो ? आज सम्म कति जना आदिबासी जनजाति गरिबको छोराछोरीले गुणस्तरीय शिक्षा दिक्षा पायो ? हैन भने नुवाकोट , सिन्धुपाल्चोक , रामेछाप,धादिङ ,काभ्रेको आदिबासी जनजातिको छोरीहरू बम्बइको कोठीमा किन पुग्छन ? खाडीमूलुकमा किन यि मूलको छोरीहरू मात्रै बेचिन्छ ? नेपालको अधिकाँस रेस्टुँरा र मसाज कारखानामा यौनजन्य क्रियाकलापमा यो मूलको छोरीहरू लाग्न किन बाध्य छन ? होशियार युरोपियन मूलुकको माहिर दलालहरू यो देश अमूक जातको नाममा कसैले राजनीति गर्न पाइँदैन ।

अधिकार दिलाउने नाममा डलर ब्रह्मलुट गर्न पाइदैन । देशको हितको निम्ति सबै जातजाति एकताबद्ध हुनु आजको आबश्यकता हो । खबरदार एकल जातीय दासत्व चिन्तन बोकेका हिन्दुअतिवादीहरू ,देशलाई अमूक धर्मको नाममा भारतीय दलाल बनेर बन्दगी राख्न पाइदैन ।

सबै धर्मको आस्थाको केन्द्र बनाउनु आजको आवश्यकता हो । सबै जातलाई फुल्ने अबसर दिनु आबश्यकता हो । सबै वर्गलाई फलाउन राज्यलाई दबाब दिनु आजको आबश्यकता हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर