newskoseli.Com

सिपी मैनालीः पुनः माले महासचिवमा सर्वसम्मत

नेकपा मालेको सातौँ राष्ट्रिय महाधिवेशनबाट सिपी मैनाली पुनः महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।
यही वैशाख २५ गतेदेखि सुरु भएको महाधिवेशनले मैनालीलाई महासचिवमा निर्वाचित गरेको हो ।

महाधिवेशनले मैनालीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । त्यसमध्ये ५४ महाधिवेशनबाट चयन गरेको हो भने बाँकी २१ जना प्रदेशबाट मनोनित गर्ने नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर पोखरेलले जानकारी दिए ।

पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकले स्थायी, सचिवालय र पोलिटब्युरो गठन गर्नेसमेत उनले जानकारी दिए । स्थायी कमिटी तीन जना, सचिवालय पाँच र पोलिटब्यूरो २५ जना रहने व्यवस्था छ । महाधिवेशनमा ४९५ प्रतिनिधि सहभागी भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर