newskoseli.Com

प्रस्ताव फिर्ता नलिए समस्या बल्झन्छ : नेपाल

नेकपा(एमाले)का नेता माधवकुमार नेपालले सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको आरोप लगाएका छन् ।

महोत्तरीको बर्दिवासमा जिल्लाका आफ्नै दलका अगुवालाई अहिलेको राजनीतिक अवस्थाबारे अवगत गराउँदै नेता नेपालले सरकारले प्रमुख विपक्षीलाई बेवास्ता गरी प्रस्ताव पेस गर्न खोजे समस्या झन् बल्झने पूर्वप्रधानमन्त्री नेपालले औँल्याए ।

आफ्नो पार्टी सहमति र आपसी सहकार्यको राजनीतिबाट अघि बढ्न तत्पर रहेको बताउँदै उनले संशोधन प्रस्ताव फिर्ता लिनासाथ अरु प्रक्रिया अघि बढ्ने विचार व्यक्त गरे ।

“एमालेलाई मधेस विरोधी भनेर हल्ला पिट्नेलाई म चुनावको घोषणा गरेर जनतामा पुग्न चुनौती दिन्छु, मधेसी जनता समुचित निर्णय दिन सक्षम छन्”, उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर