newskoseli.Com

सूचना टाँसेर संसद्को बैठक स्थगित

व्यवस्थापिका–संसद्को आज अपराह्न १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ ।

सूचनामा विशेष कारणवश आजको बैठक स्थगन गर्नुपरेको जनाउँदै अर्काे बैठक यही पुस २४ गते दिनको १ बजे बस्ने जानकारी दिइएको छ । बैठक स्थगन गर्नुअघि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायत दलले यही पुस २४ गतेसम्मका लागि समय मागेपछि संसद् बैठक स्थगन गरिएको बुझिएको छ । मधेसकेन्द्रित दलले उठाएको माग सम्बोधन गर्न सरकारले गत मङ्सिर १४ गते संसद्मा संविधान सशोधनसम्बन्धी प्रस्ताव दर्ता गराएसँगै विपक्षी दलहरुले त्यसको विरोधमा निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।

संविधान संशोधन लगायत विषयमा सर्वाेच्च अदालतबाट फैसला आएपछि प्रतिपक्ष दलले आगामी मार्ग तय गर्ने गरेको अनुरोधअनुसार बैठक केही दिन पछि धकेलिएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर